पत्रकार महासंघ बागलुङले ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गर्ने
बाग्लुङ | पुस ५, २०८१
बागलुङ: नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकारहरूको हितमा महत्वपूर्ण निर्णय गरेको छ ।
बिहीबार सपथग्रहण तथा पदस्थापन लगत्तै बसेको उक्त बैठकले ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गर्ने निर्णय गरेको महासंघका सचिव नारायण रिजालले जानकारी दिनुभयो ।
अवधारणा र कार्ययोजनासहित उक्त कोषको औपचारिक घोषणा छिट्टै गरिने उहाँले बताउनुभयो । आगामी तीन वर्षभित्रमा उक्त कोषमा रू. १० लाख पुर्याउने लक्ष्य लिइएको छ ।
कोषको संचालन र व्यवस्थापनलाई चुस्त बनाउन छुट्टै कार्यविधि बनाइने सचिव रिजालले बताउनुभयो ।कोषको ब्याज रकमबाट बर्सेनि विभिन्न विधामा उत्कृष्ट रिपोर्टिङ गर्ने पत्रकारलाई लेखनवृत्ति उपलब्ध गराइनेछ ।
महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले श्रमजीवी पत्रकारका हकहितलाई केन्द्रमा राखेर कार्ययोजनासहित अगाडि बढ्ने बताउनुभयो । ‘हामी सिक्छौँ, सिकाउँछौँ’
कार्यक्रमअन्तर्गत आगामी तीन वर्षभित्र पत्रकारका लागि विविध तालिम तथा क्षमता विकासका कार्यक्रम सञचालन गरिने उहाँले बताउनुभयो ।
पत्रकार दुर्घटना बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल र अन्तरक्रिया गरी आवश्यक निचोडमा पुग्ने अध्यक्ष थापाले बताउनुभयो ।
पत्रकारको पेसागत सुरक्षाका अतिरिक्त स्थानीय र स्वरोजगारमूलक संचारमाध्यमको सबलीकरणमा महासंघले सार्थक भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

